आइओएमको नयाँ डिनमा श्रीवास्तव नियुक्त

काठमाण्डु टुडे २०७० माघ २९ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, २९ माघ – त्रिवि कार्यकारी परिषदको बुधबार बसेको बैठकले वरिष्ठताको आधारमा  अस्पतालका इएनटी विभाग प्रमुख डा. राकेश श्रीवास्तवलाई नयाँ डिन नियुक्त गरेको हो ।

वरिष्ठताको आधारमा डिन नियुक्ति लगायतकामा माग राखेर आईओएमका प्रा.डा गोविन्द केसीले आमरण अनसन गरेका छन् ।

यसअघि डिन नियुक्तिमा आनाकानी गर्दै आएको परिषद्ले प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टे अल्टिमेटम दिएपछि नयाँ श्रीवास्तवलाई नियुक्त गरेको हो ।

यसैबीच परिषदले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको निमित्त कार्यकारी निर्देशकबाट डा. रतिन्द्र श्रेष्ठलाई वर्खास्त समेत गरेको छ ।

परिषदले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपनिर्देशक डा. इश्वर लोहनीलाई दिने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us