हिमाल आरोहणको सलामी रकम कटौती

काठमाण्डु टुडे २०७० माघ २९ गते ११:३४ मा प्रकाशित

Mountainकाठमाण्डु, २९ माघ– सरकारले हिमाल आरोहणको सलामी रकममा भारी कटौती गरेको छ । पर्वतारोही, नेपाल पर्वतारोहण संघलगायत सरोकारवाला निकायको अनुरोधमा सरकारले त्यसो गरेको हो ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा नियमित मार्ग (दक्षिणपूर्वी धार)बाट सगरमाथा आरोहण गर्न चाहने हरेक विदेशीले ११ हजार अमेरिकी डलर तिर्नुपर्नेछ भने शरद ऋतुमा पाँच हजार पाँचसय र शिशिर र वर्षा ऋतुमा दुई हजार सातसय ५० डलर सलामीस्वरुप सरकारलाई बुझाउनुपर्नेछ ।

यसअघि सोही मार्ग भएर वसन्त ऋतुमा सगरमाथा चढ्न चाहने आरोहीले २५ हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था गरिएको थियो । सरकारले शरद ऋतुमा १२ हजार पाँचसय र शिशिर र वर्षा ऋतुमा छ हजार दुईसय ५० डलर दस्तुर सरकारी कोषमा दाखिला गर्नुपर्ने प्रावधान गरेको थियो ।

नयाँ सलामी दस्तुर आगामी पुस १७ गतेदेखि लागू हुने नेपाल राजपत्रमा आज प्रकाशित सूचनामा जनाइएको छ । आरोहण दलमा १५ जनाभन्दा बढीलाई समावेश गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार वसन्त ऋतुमा नियमित मार्गबाट सगरमाथा आरोहण गर्न चाहने  प्रत्येक नेपाली नागरिकले अब ७५ हजार, शरद ऋतुमा ३७ हजार पाँचसय र शिशिर एवम् वर्षा ऋतुमा १८ हजार दुईसय ५० सलामी तिर्नुपर्नेछ ।

यसअघि सबै नेपाली आरोहीले विदेशी सरह अमेरिकी डलरमा सलामी दस्तुर बुझाउनुपथ्र्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us