काँग्रेस–एमाले झगडामा विदेशीको चासो

काठमाण्डु टुडे २०७० माघ २९ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, २९ माघ– सत्ता साझेदार दलहरुबीच मन्त्रालय बााडफााटको विषयलाई लिएर विवाद बढिरहेका बेला नेपालस्थित विदेशी राजदूहरुले त्यसबारे चासो देखाएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत हु चुन्थाईले काँग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भेटी त्यसबारे चासो राखेका हुन् । उनले सरकारले पूर्णता नपाउँदै प्रमुख दुई सत्ता साझेदारबीच देखिएको विवादले एक वर्षभित्र संविधान बन्नेमा आशंका उब्जिएकाे भन्दै मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

जवाफमा कोइरालाले आफू एमाले नेतृत्वसाग छलफल गरी गृह मन्त्रालयबारे देखिएको विवाद मिलाउने प्रयासमा रहेको बताए ।
यस्तै नेपालका लागि अमेरिकी राजदूत विलियम पिटर बोडेले बुधबारै एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी सत्ता साभदेदारी गरेका दलहरुबीच देखिएको विवादबारे चासो राखेका थिए ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा अध्यक्ष खनालले गृह मन्त्रालय दिने सहमतिबाट कााग्रेस पछि हटेकाले समस्या आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us