दुई दिनमै सत्ता गठबन्धन संकटमा

काठमाण्डु टुडे २०७० माघ २८ गते ६:५९ मा प्रकाशित

mjl63qqnकाठमाण्डु, माघ २८ – नेकपा एमालेले प्रधानमन्त्री सुशील कोइरालाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने भएको छ ।

पूर्वसहमति अनुसार आफूहरुलाई गृहमन्त्री नदिएर धोका दिएको भन्दै एमालेले सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने भएको हो ।

भावी गृहमन्त्रीको रुपमा चर्चामा रहेका एमाले उपाध्यक्ष बामदेव गौतमले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् । गौतमले कांग्रेसले धोका दिएको भन्दै उसलाई चयनसँग सरकार चलाउन नदिने चेतावनी दिएका छन् ।

काँग्रेस नेताहरुले गृहमन्त्री एमालेलाई नदिने बताएपछि एमालेले मंगलबार स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ ।

यसअघि काँग्रेसले गृहसहितका महत्वपूर्ण मन्त्रालय दिन सहमति जनाएको भन्दै एमालेले काँग्रेस सभापति सुशील कोइरालाको पक्षमा मतदान गरेको थियो । यता काँग्रेस नेताहरुले भने एमालेले गृहमन्त्री दिने सहमति नभएको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us