
बाँके, २७ माघ– स्रोत तथा साधनको अभाव र भारतमा निकासी हुन नपाउँदा बाँके जिल्लाका सात क्रसर उद्योग अहिले पूर्णरुपमा बन्द भएका छन् ।
असीमित रुपमा खोलानालाबाट ढुंगा सङ्कलन गर्ने र गिट्टी, ढुङ्गाको बेरोकटोक निकासी हुँदा वातावरणमा प्रतिकूल असर पर्ने भएकाले सरकारले भारत निकासीमा प्रतिबन्ध लगाएको हो र सरकारको यो कदमपछि ती उद्योग बन्द भएका हुन् ।
रोडा ढुङ्गा व्यवसायी सङ्घका अनुसार क्रसर उद्योगबाट उत्पादित गिट्टीमध्ये ७५ प्रतिशत भारत निकासी हुने गर्दथ्यो ।
करिब ३० करोडको लागत रहेका ती उद्योग बन्द हुँदा राजस्व पनि प्रभावित भएको छ । ऋण लिएर उद्योग स्थापना गरेका व्यवसायी अहिले आर्थिक समस्या खेप्न बाध्य भएको बताइन्छ । रासस