
भद्रपुर, २७ माघ– झापाको धुलाबारीमा आयोजित पूर्वाञ्चल औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवको तीन दिनको अवधिमा ८० लाखको कारोबार भएको छ ।
उक्त मेलामा एउटा ३० लाख मूल्य बराबरका होन्डाई कम्पनीको कार बिक्री हुनाका साथै हस्तकला, कृषिसँग सम्बन्धित उपकरण, बोटबिरुवा, फर्निचरलगायतका सामान बिक्री भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक चेतन विष्टले जानकारी दिए ।
झापाको व्यापारलाई प्रवद्र्धन गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल वाणिज्य सङ्घको सहयोगमा आयोजित यो मेला फागुन ३ गतेसम्म मेला जारी रहने छ ।