रेग्मीको सम्बोधन रोकियो

काठमाण्डु टुडे २०७० माघ २७ गते १०:३३ मा प्रकाशित

khilraj regmiकाठमाण्डु, २७ माघ – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सोमबार राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

सोमबार कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएसँगै राष्ट्रका नाममा सम्बोधन गरेर सत्ताहस्तान्तरण गर्ने मनस्थिती रेग्मीले बनाए पनि कोइरालाको सपथ ग्रहण अनिश्चित बन्दा सम्बोधन रोकिएको हो ।

यसअघि रेग्मीले सोमबार नै राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको थियो ।

रेग्मीले राष्ट्रका नाममा सम्बोधन गरी सर्वोच्च अदालत समेत नफर्कने सोच बनाएको दावी गरिएपनि उनको सम्बोधन भने रोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us