
काठमाण्डु, २६ माघ– नेपाल विद्युत प्राधिकरणले आजबाट दैनिक एक घण्टा लोडसेडिङ बढाएको छ ।
प्राधिकरणको नयाँ तालिका अनुसार अब दैनिक १२ घण्टा लोडसेङि हुनेछ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
अबदेखि सातामा ८४ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । हिउँद याममा जलाशययुक्त आयोजनाबाट जलविद्युत उत्पादन कम भएपछि लोडसेडिङ बढाउनुपरेको भनाइ प्राधिकरणका अधिकारीहरुको छ ।
विद्युत चोरी हुने स्थानमा भने थप विद्युत कटौती हुनेछ ।