फागुन भित्र सोलु लोडसेडिङमुक्त

काठमाण्डु टुडे २०७० माघ २५ गते ३:५१ मा प्रकाशित

electryसोलुखुम्बु, २५ माघ – देशमा विद्युत्भार कटौतीको समय बढेर उपभोक्ताहरु समस्यामा परिरहेको समयमा हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी भने विद्युतभार कटौतीमुक्त बन्दैछ ।

सदरमुकाम सल्लेरीमा विद्युत वितरण गर्दै आएको सल्लेरी च्याल्सा जलविद्युत् आयोजनाले क्षमता थपको काम अन्तिम चरणमा पु¥याएको कारण आगामी फागुन महिनाभित्रमा सल्लेरी विद्युतभार कटौतीमुक्त क्षेत्र बन्न लागेको हो ।

आयोजनाले २०० किलोवाट क्षमता थप्ने काम गत वैशाख–जेठमा नै अन्तिम चरणमा पु¥याएको भए पनि सुनकोसीको बेलिब्रिज बन्द भएकाले आवश्यक उपकरणहरु सुनकोसी तार्न सकिएको थिएन ।

अघिल्लो हप्ता सुनकोसीमा बेलिब्रिज बनेपछि सबै उपकरण आयोजनास्थलमा ल्याइएकाले अब केही दिनमा जडानको काम सुरु गरी फागुनभित्रमा विद्युत वितरण गर्ने आयोजनाका महाप्रबन्धक हरिशंकर अधिकारीले जानकारी दिए ।

महाप्रबन्धक अधिकारीका अनुसार अहिलेको मागअनुसार २०० किलोवाट क्षमता थप गर्दा सदरमुकाम कम्तीमा दुई वर्षका लागि विद्युत्भार कटौटीमुक्त क्षेत्र बन्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us