खोटाङमा खाद्य संस्थानको चामल वितरण

काठमाण्डु टुडे २०७० माघ २४ गते १:५९ मा प्रकाशित

Riceखोटाङ, २४ माघ – नेपाल खाद्य संस्थानको खोटाङ कार्यालयले खोटाङमा चामल वितरण सुरु गरेको छ । जिल्लावासीका समस्यालाई मध्यनजर गर्दै शाखा कार्यालय दिक्तेल र तीनवटै डिपो कार्यालयबाट एकसाथ चालम वितरण सुरु गरिएको हो ।

सदरमुकाम दिक्तेलस्थित शाखा कार्यालयबाट १५० क्विन्टल, खोटाङ बजार डिपो कार्यालयबाट ३०० क्विन्टल, बाक्सिलाबाट १०० क्विन्टल र ऐसेलुखर्क डिपो कार्यालयबाट १०० क्विन्टल चालम वितरण गर्ने तयारी गरिएको शाखा कार्यालय खोटाङका निमित्त प्रमुख डिल्ली थापाले जानकारी दिए ।

उनका अनुसार सबै कार्यालयबाट अमेरिकन र सोना मन्सुली चामल वितरण गर्ने तयारी गरिएको छ । अमेरिकन चामल प्रतिकेजी ४० र सोना मन्सुली ३८ रुपैयाँका दरले बिक्री भइरहेको थापाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us