प्रेमपत्र र उपहारसँगै भेटियो दुई युवतीको शव

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:४५ मा प्रकाशित

कैलाली, २३ माघ – कैलालीको धनगढी नगरपालिका ४ को शिवपुरी सामुदायिक वनमा बिहीबार दुई युवतीको शव भेटिएको छ ।

कञ्चनपुर परासनकी २१ वर्षीया पूर्णीमा बानियाँ र कमला ओझाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

कमलाको शव रुखमा झुण्डिएको र पूर्णीमाको शव भुईंमा ढलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

उनीहरुको शव नजिकै प्रेमपत्र र उपहार पनि प्रहरीले फेला पारेको छ । पूर्णीमाको शव नजिकै सल्फास नामक विषादी पनि आधा भाँडो भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र हत्या र आत्महत्या के हो भन्ने विषय अनुसनधानपछि मात्रै खुल्ने प्रहरी उपरीक्षक मोहन जोशीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us