‘शासकीय स्वरुप र संघीयताको विषयमा सहमति जुटाउछौं’

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:१० मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २३ माघ– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबै दलसँग सहमति जुटाएर जनतामा कबुल गरेअनुरुप एक वर्षमै लोकतान्त्रिक संविधान जारी गर्ने बताएका छन् ।

काठमाण्डुमा भएको कार्यक्रममा कोइरालाले विगतमा भएका सहमतिको स्वामित्व लिएर मिल्न बाँकी शासकीय स्वरुप र संघीयता जस्ता विषयमा दलबीच सहमति जुटाएर निर्धारित समयमै संविधान लेखनको काम सकिने बताए ।

मुलुक संकटपूर्ण अवस्थामा रहेको भन्दै कोइरालाले सबैलाई मिलाएर लान पार्टीभित्र पनि एकता जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा उनलाई गरेको सहयोग जस्तै अहिले एमालेले कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us