केदारनाथ मन्दिरको सोलार चोरी

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:०२ मा प्रकाशित

बैतडी, २३ माघ– रोजगारीका लागि भारत गएका युवाले संकलन गरेको रकमबाट खरिद गरिएको बैतडीको मल्लादेही ३ मा रहेको केदार मन्दिरको सोलार चोरी भएको छ ।

केही महिनाअघि भारतमा काम गर्ने युवाले रकम संकलन गरेर ३० हजार रुपैयाँ बराबरको सोलार मन्दिरमा जडान गरिएकामा उक्त सोलार चोरी भएको स्थानीयवासीले बताएका छन् ।

सो मन्दिरमा मध्यराति १२ बजे दमाहा बाजाका साथ पूजा गरिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us