
काठमाण्डु, २३ माघ– नेकपा एमालेका सचिव विष्णु पौडेलले कांग्रेस नेतृत्वमै सरकार बन्नु पर्छ भन्ने पक्षमा रहेको बताएका छन् । पौडेलले संसदमा कांग्रेस ठुलो दल भएकाले उसैको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
रिपोटर्स क्लबले गरेको कार्यक्रममा उनले एमालेले अहिले नेतृत्व दावी सहित प्रधानमन्त्रीको उम्मेदवारी नदिने भन्दै २७ गते नै मुलुकले नयाँ जन निर्वाचित प्रधानमन्त्री पाउनुपर्ने बताए ।
‘हामि कांग्रेसको नेतृत्वको पक्षमा छौं, हामिले कांग्रेसको पत्रको जवाफमा सकारात्मक भएको जवाफ दिईसकेका छौं’ कोइरालाले भने, ‘तर सरकारको नेतृत्व गर्ने दलले ब्यवस्थित प्रस्ताव ल्याउन सक्नु पर्छ ।’
उनले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, सरकारको कार्यावधी, संविधान निर्माण र सरकारमा कुन कुन पार्टी कुन कुन हैसियतमा रहने भन्ने विषयमा कांग्रेसको प्रस्ताव माग गर्दै यी विषयमा सहमति नभई एमाले सरकारमा नजाने बताए ।