
गोरखा, २२ माघ– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जातीय राज्य हुन नहुने बताएका छन् ।
गोरखामा भएको कार्यक्रममा अध्यक्ष ढकालले कुनै जाति विचार, भाषाको आधारमा अगाडि बढेमा मुलुक दुर्घटनामा पर्ने दावी गरे ।
संविधानसभा निर्वाचनमा जनताको जनादेश सहमति र सहकार्यका लागि रहेकाले सबै पार्टीलाई समेटेर सरकार गठन गर्नुपर्ने उनको भनाइ थियो ।