घुस लिने प्रहरी जवान निलम्बित

काठमाण्डु टुडे २०७० माघ २२ गते ९:२५ मा प्रकाशित

पर्सा, २२ माघ– अवैध कारोबारीबाट घुस लिएको अभियोगमा एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले निलम्बन गरेको छ ।

हेटौँडा प्रहरी गणमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा काजमा खटिएका प्रहरी जवान रामरतन राय यादवलाई प्रहरी आचरणविपरीत कार्य गर्दै अवैध रकम असुली गरेको अभियोगमा निलम्बन गरिएको हो ।

यही माघ १९ गते वीरगन्जको रजतजयन्ती चोकमा काममा खटिएका प्रहरी जवान यादवले भारतबाट भन्सार छली नेपाल भित्र्याइएको मोटर पाट्र्स नियन्त्रणमा लिई कारोबारीसँग अनैतिक रुपमा रकम असुली वस्तु छाडेको घटना प्रकाशमा आएपछि उनलाई निलम्बन गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us