दुई वर्षपछि मेलम्ची काठमाण्डुमा !

काठमाण्डु टुडे २०७० माघ २१ गते १०:१५ मा प्रकाशित

Melamchiसुन्दरीजल – आगामी २०७३ वैशाख १ गते काठमाण्डु उपत्यकावासीका घर घरमा मेलम्चीको पानी खसाल्ने लक्ष्यका साथ सरकारले जोडतोडका साथ काम गरिरहेको छ ।

जापानी विकास नियोग जाइकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रशोधन केन्द्र २०७२ चैत मसान्तसम्ममा निर्माण सम्पन्न भई अर्काे नयाँ वर्षमा पानी आउने जिकिर गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रको सुन्दरीजलमा शिलान्यास गर्दै सहरी विकासमन्त्री छविराज पन्तले राष्ट्रिय प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सबै पक्षले सकारात्मक सहयोग पु¥याउनुपर्नेमा जोड दिए ।

सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले मेलम्ची खोलाबाट २६.५ किमि सुरुङ निर्माण गरी सुन्दरीजलमा ल्याइने पानी प्रशोधन गर्न पाँच अर्ब लागतमा प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए ।

प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता हुनेछ । सभासद् रामेश्वर फुयाँलले राष्ट्रिय प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजनालाई तोकिएकै समयमा सम्पन्न गराउन राजनीतिक दलका तर्फबाट सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गरे ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us