‘जना सभासद मनोनयन छिट्टै’

काठमाण्डु टुडे २०७० माघ २१ गते ९:५९ मा प्रकाशित

khilraj regmiविराटनगर, २१ माघ– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ सभासदका सम्बन्धमा संविधानसभाको बैठकपछि छिट्टै निर्णय हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निकट भविष्यमा संविधानसभाको बैठकमा मनोनीत सभासद सम्बन्धमा सहमति भई निर्णय हुने बताए ।

अध्यक्ष रेग्मी सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर पुगेका हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us