जाँड खाएर हल्ला गर्ने प्रहरी जवान पक्राउ

काठमाण्डु टुडे २०७० माघ १९ गते ९:०९ मा प्रकाशित

वीरगन्ज, १९ माघ– अत्यधिक मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा एक प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरजाहाकट्टी सुरक्षा बेस क्याम्पमा कार्यरत प्रहरी जवान शम्भु चौहान रहेको प्रहरीले जनाएको छ । सूचना संकलनका लागि सादा पोसाकमा खट्दै आएका चौहानलाई अत्यधिक मदिरा सेवन गरी होहल्ला गरेर प्रहरी आचरणविरुद्ध कार्य गरेको आरोपमा शनिबार राति बिरन्चिवर्बाबाट नियन्त्रणमा लिइएको र उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

स्थानीयवासीले प्रहरी जवान चौहानले मदिरा सेवन गरी बिरन्चिवर्बा–१ की एक नाबालिकालाई दुव्र्यवहार गर्ने प्रयाससमेत गरेको दाबी गरेका छन् । पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले दाबी गरेबमोजिम नाबालिकालाई दुव्र्यवहार गरेको नभई मदिरा सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला गरेर प्रहरी आचरणविरुद्ध काम गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । दोषी देखिए उनमाथि विभागीय कारबाही गरिने प्रहरी उपरीक्षक सिंहको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us