‘शिविरमा भएको भ्रष्टाचारको छानबिन नगरे हतियार उठाउने’

काठमाण्डु टुडे २०७० माघ १८ गते १०:२७ मा प्रकाशित

ladakuकाठमाण्डु, १८ माघ – बहिर्गनमा परेका पूर्व माओवादी लडाकूहरुले लडाकुका शिविरमा भएको भ्रष्टाचारको छानबिन नगरे हतियार उठाउने चेतावनी दिएका छन् ।

रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत नेकपा माओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाए । उनीहरुले सत्ता र शक्तिको आडमा शिविरमा अर्बौंको भ्रष्टाचार भएको आरोपसमेत लगाए ।

शिविरमा भएको भ्रष्टाचारको छानविन गर्न माग गर्दै उनीहरुले छानबिन नभए हतियार उठाउने बताएका हुन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराईको सरकारले विभिन्न झुठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको भन्दै अब ४ हजार ८ जना बहिर्गमित सेनालाई भ्रष्टाचारको विरुद्धमा उतार्ने चेतावनी दिए ।

एमाओवादी पार्टी नेता र डिभिजन कमाण्डरहरुले नै सबै पैसा खाएको आरोप लगाउँदै उनले राज्यले दिएको पैसा कि राज्यलाई नै फिर्ता गर्नुपर्ने नभए सम्बन्धित जनमुक्ति सेनालाई दिनुपर्ने माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us