मंगोलियासँग गैरसरकारी स्तरमा समझदारी

काठमाण्डु टुडे २०७० माघ १८ गते ३:२५ मा प्रकाशित

Mangolia Flagकाठमाण्डु, १८ माघ – गैरसरकारी स्तरमा सांस्कृतिक आदान–प्रदान, व्यवसाय प्रवद्र्धनका साथसाथै लगानी प्रवद्र्धन गर्ने उद्देश्यले मंगोलिया र नेपालका ब्यावसायिक संस्थाहरुले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मंगोलियाको राजधानी उलानबटोरस्थित अर्लियान्हथ शेङदियन इम्पोर्ट एन्ड एक्सपोर्ट ट्रेडिङ कम्पनीका नेपाल भ्रमणमा रहेका प्रतिनिधिहरु श्रीमती नरातसेत्सेग बोलोर्मा र नरातसेत्सेग गानबाटारले नेपालका व्यावसायिक संस्थाहरु समृद्धि वायो इंजिनियरिङ प्रा.लि, सफा चौरासी ब्यञ्जन प्रा.लि, इनर्जी लिङ्क प्रा.लि र एभरेष्ट इनर्जी कोअपरेटिभ लिमिटेडका प्रतिनिधिहरु हेमबहादुर विष्ट, सुरज गिरी, टेकप्रसाद चौलागाई र विक्रम विष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उलानबटोरको ख्याति प्राप्त सो व्यापारिक संस्थाले आउदो जुलाई, २०१४ देखि उलानबटोरमा ठूलो सुपरस्टोर सञ्चालनमा ल्याउ“दै छ ।

यही सुपरस्टोरमा नेपाल सेन्टर सञ्चालन गर्ने समझदारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us