
काठमाण्डु, १४ माघ – नेकपा एमालले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने पुरानै अडान दोहोर्याएको छ ।
मंगलबार काठमाण्डुमा बसेको एमाले स्थायी समितिको बैठकले पुरानै अडानमा कायम रहने निष्कर्ष निकालेको हो ।
बैठकले सरकारमा सहभागी हुने विषयमा भने कंग्रेसले खाका ल्याएपछि मात्रै जवाफ दिने निष्कर्ष निकालेको छ ।
बैठकपछि एमाले नेताहरुले कांग्रेसले पेश गर्ने सहमतिको खाका हेरेर मात्रै ठोस जवाफ दिन सकिने बताएका छन् । एमालेले सभामुख, उपसभामुख तथा विषयगत समितिका सभापति चयन गर्ने जनाएको छ ।