रोपवेको पाता लागेर मृत्यु

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:५२ मा प्रकाशित

चितवन, १३ माघ-चितवनको चण्डीभञ्ज्याङमा निर्माण हुँदै गरेको रोपवेको पाताले लागेर एक चेपाङको मृत्यु भएको छ । ग्रामीण क्षेत्रमा तरकारी तथा खाद्यान्न ओसारपसारका लागि बनाउँदै गरिएको रोपवेको पाता लागेर स्थानीय २१ वर्षीय राम्जी चेपाङको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिन चितवनले जनाएको छ ।

चण्डीभञ्ज्याङ–६ आधामारे भन्ने स्थानमा रोपवेको डिब्बा जडान गर्दै गर्दा घिर्नी खुस्किएर डिब्बाको पाताले लाग्दा उनको मृत्यु भएको मुग्लिनका प्रहरी हबल्दार हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार आइतबार भएको सो घटनामा उनीसँगै काम गर्दै आएका बनु चेपाङको गम्भीर अवस्थामा भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो क्षेत्रमा सडक सुविधाको अभावमा अहिले रोपवे निर्माणको काम जारी रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us