एमाओवादी पूर्वपोलिटब्युरो निष्कर्षविहीन

काठमाण्डु टुडे २०७० माघ ११ गते १३:४३ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ११ माघ – एकीकृत माओवादीको पूर्वपोलिटब्युरो बैठक विना निष्कर्ष सकिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा शनिबार बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठकमा संसदीय दलका नेता कसलाई बनाउने भन्ने विषयमा छलफल भएपनि टुंगो भने नलागेको पूर्वपोलिटब्युरो सदस्य लोकेन्द्य्र विष्टमगरले जानकारी दिए ।

बैठकमा एकथरी पूर्वपोलिटब्युरो सदस्यले अध्यक्ष प्रचण्डलाई नै संसदीय दलको नेता बन्न आग्रह गरेको र अर्काथरीले दोस्रो पुस्तालाई अघि सार्नुपर्ने बताएको मगरले बताए ।

बैठक आइतबार विहान फेरि बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us