छोरो बेपत्ता हुँदा परिवारमा रुवाबासी

काठमाण्डु टुडे २०७० माघ ११ गते ३:०४ मा प्रकाशित

महोत्तरी, ११ माघ – विगत छ दिनदेखि छोरो बेपत्ता हुँदा महोत्तरी जिल्लाको माइस्थान गाविस–४ चेरु बस्ने पुरुषोत्तम भण्डारीको घरमा रुवाबासी चलेको छ ।
गत सोमबारदेखि बेपत्ता भएका भण्डारीका १६ वर्षीय छोरा केशवबहादुर भण्डारीको हालसम्म कुनै पत्तो नलाग्दा उनको घरमा रुवाबासी चलेको हो ।

घरबाट सधैँझै बिहान ९ बजे धनुषा जिल्लाको महेन्द्रनगरस्थित छिरेश्वर जनता उच्च माध्यमिक विद्यालयमा पढ्न गएको छोरो अहिलेसम्म घर नफर्केको उनका बुबा पुरुषोत्तमले बताउनुभयो । केशव उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका छन् ।

पीडितपरिवारले आफ्ना ईष्टमित्र, छर छिमेक र नातेदारलगायत चारैतिर खोजतलास गर्दा पनि उनी कतै फेला नपरेपछि शुक्रबार महोत्तरीका सञ्चारकर्मीलाई छोरा बेपत्ता भएको जानकारी गराएका हुन् ।

भण्डारीका तीन छोरा र तीन छोरीमध्ये केशव जेठा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us