
काठमाण्डु, ९ माघ – तपाईंले आफूसँग भएका भारु नोट राम्रोसँग हेर्नुस् है नत्र पछि पछुताउनु पर्ला । किनकी सन् २००५ भन्दा अघि बनेका भारु नोटहरु अब चल्ने छैनन् ।
भारतीय केन्द्रीय बैंकले ३१ मार्च सन् २०१४ देखि ति पुराना नोटहरु बजारमा नचलाउने निर्णय गरेको छ । सन् २००५ भन्दा अघि बनेका नोटहरु बैंकले फिर्ता लिदै छ । तपाईंले पुराना नोट बैंकमा गएर साट्न सक्नु हुन्छ, जुन नोटमा जारी भएको बर्ष उल्लेख छैनन् ।
सन् २००५ पछि जारी भएका भारतीय नोटको पछिल्लो भागमा नोट जारी भएको बर्ष उल्लेख हुन्छ ।
भारतीय केन्द्रीय बैंकले सबैलाई पुरानो नोट साटेर नयाँ लिन अनुरोध गरेको छ । १ जुलाई सन् २०१४ पछि भने ५ सय र एक हजार दरका १० वटा नोट साट्नु परेमा ग्राहकहरुले आफ्नो परिचय बैंकमा बुझाउनु पर्ने छ ।
नेपालमा भारु ५ सय र एक हजार दरका नोट हाल चल्तिमा छैनन् ।