एमाओवादी केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०७० माघ ९ गते ४:२५ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ९ माघ– एमाओवादी केन्द्रीय समितिको बैठक बिहीबार पनि जारी छ । पार्टी कार्यालय कोटेश्वर पेरिडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा छलफल चलिरहेको छ ।

माघ २ गतेदेखि सुरु भएको एमाओवादी केन्द्रीय समिति बैठक अझै सकिएको छैन । समसामयीक राजनीतिक प्रस्ताव र पार्टीको अबको रणनीतिबारे सबै केन्द्रीय सदस्यहरुलाई पालैपालो धारणा राख्न दिइएकोले बैठक लम्बिएको हो । अझै धेरै सदस्यहरुले बोल्न बाँकी रहेकाले बैठक अझै केहीदिन चल्ने एमाओवादीले जनाएको छ ।

हालसम्म धारणा राख्ने नेताहरुले पार्टी शुद्धिकरण र संगठन सुदृढिकरणमा जोड दिएका छन् । उनीहरुले पार्टीमा विलासिता हावि भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us