ट्रकको ठक्करबाट दुई महिलाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ९ गते २:०६ मा प्रकाशित

काठमाण्डु, ९ माघ–पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको माईस्थानमा दूध बोकेको ट्याङकरलाई ट्रकले ठक्कर दिदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही नेत्रगन्ज बस्ने ४० बर्षीया मुना कँडेल र ४५ बर्षीया सरिता थापा रहेका छन् ।

हेटौडाबाट धरानतर्फ जादै गरेको ना ४ ख ७९६६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउदै गरेकोे ना १ क ३२८१ नम्बरको ट्याङकरलाई बुधबार राति ठक्कर दिदा दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुवै सवारी साधन र ट्रक चालकलाई अस्थायी प्रहरी पोष्ट माईस्थानले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाण्डुको तीनकुनेमा बसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक भक्तपुर सल्लाघारी बस्ने ५६ बर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । घाईते श्रेष्ठको कान्तीपुर अस्पताल तीनकुनेमा उपचार भैरहेको छ ।

बुधबार साँझ ना ४ ख ६३९२ नम्बरको बसले बा १४ प ६३२५ नम्बरको मोटरसाईकल चालक श्रेष्ठलाई ठक्कर दिएकोे थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us