
विराटनगर, ८ माघ – मलङ्गवाका भन्सार प्रमुखलाई कुटपिट गरेको विरोधमा विराटनगर भन्सार कार्यालयको कामकाज बुधबार दिउँसो १:३० बजेसम्म ठप्प भयो ।
भन्सार प्रमुखमाथि गरिएको हातपात एवम् कार्यालय तोडफोड गर्नेमाथि कारबाहीको माग गर्दै कार्यालयका कर्मचारीले काम बन्द गरेका हुन् ।
भन्सार कार्यालयको काम बन्दबाट राजस्व सङ्कलनमा कमी आउनुका साथै व्यवसायीहरूले ठूलो समस्या बेहोर्नुपरेको थियो ।