शिक्षण अस्पतालका डीन शशी शर्मा बर्खास्त

काठमाण्डु टुडे २०७० माघ ८ गते १२:३८ मा प्रकाशित

Teaching Hospitalकाठमाण्डु, ८ माघ – त्रिभुवन विश्व विद्यालयले त्रिवि शिक्षण अस्पताल चिकित्साशास्त अध्यन संस्थान महाराजगञ्जका डीन डा. शशी शर्मालाई बर्खास्त गरेको छ ।

शर्मालाई डीनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्देशन दिएपछि त्रिवि कार्यकारी परिषद्ले शर्मालाई बर्खास्त गरेको हो ।

शर्मालाई हटाएको जानकारीसहितको पत्र बालुवाटार पुगेको छ । मन्त्रिपरिषद् अध्यक्षलाई बुझाइएको पत्रमा माघ ८ गतेदेखि लागू हुने गरी शर्मालाई डीनबाट हटाइएको उल्लेख छ ।

त्रिविका कुलपति समेत रहेका रेग्मीले मंगलबार शर्मालाई डीनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन आग्रह गर्दै उपकुलपतिलाई पत्राचार गरेका थिए ।

शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी नयाँ डीन नियुक्तिको निर्णय फिर्ता लिन माग राख्दै आमरण अनसनमा बसेपछि त्रिविले बाध्य भएर शर्मालाई बर्खास्त गरेको हो ।

केसीको समर्थनमा चिकित्कहरु नै आन्दोलनमा उत्रिएपछि सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us