रेग्मीले अदालतको अपहेलना गरेको भन्दै रिट

काठमाण्डु टुडे २०७० माघ ८ गते १२:१० मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, ८ माघ – सर्वोच्च अदालतमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध अपहेलना मुद्दा दायर भएको छ ।

स्वास्थ्य सेवा सुचारु गर्न सर्वोच्च अदालतले सोमबार दिएको आदेश पालना नभएको भन्दै त्रिविको कुलपतिसमेत रहेका रेग्मी विरुद्ध मुद्दा दायर भएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च र अधिवक्ता सुनिल रंजन सिंह दायर गरेको रिटमा अस्पताल बन्द हुँदा उपभोक्ताको स्वास्थ्य र सम्पत्तिमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

रिटमा अस्पतालको काममा अवरोध आउने राजीनामा स्वीकृत नगर्न र विदा नदिन तथा सेवामा अवरोध गर्नेहरुको पहिचानसहित अपहेलना मुद्दा चलाउन अन्तरिम आदेश माग गरिएको छ ।

सर्वोच्चले बिहीबार आदेश प्राप्त भएको एक घण्टाभित्र स्वास्थ्य सेवा सुचारु गर्न आदेश दिएपनि आकस्मिक बाहेकका अन्य सेवा सुचारु हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us