छोरोको अन्तरजातिय विहेमा एक करोड क्षतिपूर्ति बाबुले मागे

काठमाण्डु टुडे २०७० माघ ८ गते ४:५२ मा प्रकाशित

mariageमानव समाजमा अन्तरजातिय विहेलाई अझै पनि राम्रो दृष्टिकोणले हेरिदैन । जतिसुकै शिक्षित वा क्रान्तिकारी बिचार बोकेको अभिभावक होस् जात मिल्नेसँग नै आफ्ना छोराछोरीको विहे गरिदिन खोज्छन् ।

प्रसंग हो एक वकीलको । उनले आफ्नो छोराले अन्तरजातिय विहे गरेको भन्दै एक करोड क्षतिपूर्ति मागेका छन् । किनकी छोरोले उनको मानहानी गर्यो रे । यो घटना भारत विहारको हो ।

सिद्धनाथ शर्मा पेशाले वकील हुन् । उनको छोरा सुशान्तले बैंकमा काम गर्ने ‘तल्लो जाति’को केटीसँग विहे गरे । छोरोको प्रेम विवाहबाट असन्तुष्ट सिद्धनाथले अदालतमा मुद्दा दायर गरेका छन् । उनले एक करोड क्षतिपूर्तिको साथै छोरोले आफ्नो थर ‘शर्मा’ लेख्न नपाओस् भनेर अदालतको आदेशसमेत माग गरेका छन् ।

पटनाको दानापुर अदालतमा यस मुद्दाको सुनुवाई चलिरहेको छ । आगामी सुनुवाई २५ जनवरीलाई तोकिएको छ । यो मुद्दा न्यायाधीश त्रिभुवन नाथको इजलाशमा सुनुवाई हुदै आएको छ ।

सिद्धनाथले आफ्नो मुद्दामा भनेका छन्, ‘जब कुनै व्यक्ति पूरै नीदमा सुतेको बेला बेचैन हुन्छ, उसले त्योबेला सही निर्णय लिन सक्दैन । त्यसैगरी मेरो छोरो मायामा परेर बेचैन भयो र सही निर्णय लिन सकेन ।’

मुद्दामा अगाडि भनिएको छ, ‘आफ्नो जातिभन्दा बाहिरको केटीसँग विहे गरेर मेरो छोरोले केबल मेरो प्रतिष्ठा बिगारेन, बरु चार सय बर्षदेखिको हाम्रो खानदानको परम्परा पनि ध्वस्त गरेको छ । अब उसले आफ्नो गल्तीको हर्जाना चुकाउनु पर्छ । उसले यो मेरा बुवा हो भनेर भन्न पनि पाउनु हुदैन ।’

वकील सिद्धनाथका छोरा सुशान्तले गत नोभेम्बरमा प्रेम विवाह गरेका थिए । हाल उनीहरुको जोडी गुजरातमा बस्दै आएको छ ।

विहार सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरजातिय विवाह गरेका जोडीलाई ५० हजार भारु दिदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us