मुख्यमन्त्री केजरीवालको धर्ना फिर्ता

काठमाण्डु टुडे २०७० माघ ८ गते २:१३ मा प्रकाशित

arbinda-Kejariwalकाठमाण्डु, ८ माघ–तीनजना प्रहरी अधिकारीहरुको निलम्बनको माग गर्दै धर्नामा बसेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले धर्ना फिर्ता लिएका छन् । दिल्ली राज्यका उपराज्यपालसँग भेटपछि उनकै आग्रहमा धर्ना फिर्ता लिएको केजरीवालले जनाएका छन् ।

केजरीवालको निलम्बनको मागकाबीच तीनजना प्रहरी अधिकारीहरुलाई तीन दिनकालागि छुट्टीमा पठाउने निर्णय गरिए पछि केजरीवालले धर्ना फिर्ता लिने निर्णय गरेका हुन् । उनले आफ्नो आंशिक जीत भएको बताएका छन् ।

राजधानी नयाँदिल्लीको मुख्य प्रशासनिक केन्द्रकै एक स्थान रेल भवन अगाडी धर्नामा बसेका केजरीवाललाई गणतन्त्र दिवसको समारोह नजिक आएपछि स्थान छोड्न दवाव परेको थियो । केजरीवालले भने माग पुरा नभएसम्म धर्नाबाट नहट्ने जनाउँदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us