बाँकेमा सिँचाइ सुविधाको अभाव

काठमाण्डु टुडे २०७० माघ ७ गते १३:४७ मा प्रकाशित

बाँके, ७ माघ – मध्यपश्चिमाञ्चलका १५ जिल्लाका ८२ हजार हेक्टर सिँचाइयोग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन ।

सोही कारणले ती जिल्लाका अधिकांश कृषकले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकताअनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ । मध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख २३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एक लाख ४१ हजार जमिनमा मात्रै सि“चाइ सुविधा पुगेको क्षेत्रीय सिँचाइ निर्देशनालयले जनाएको छ ।

सो कार्यालयका अनुसार सिँचाइ सुविधा पुग्नबाट वञ्चित ८२ हजार हेक्टरमध्ये करिब १० हजार हेक्टरमा तत्काल सिँचाइ सुविधा पु¥याउने कार्यक्रम सञ्चालन भइरहेको छ । सो कार्यक्रम आगामी वर्षसम्म पूरा हुने जनाइएको छ ।

मध्यपश्चिमका विभिन्न जिल्लामा उपयुक्त प्रविधि, ऊर्जाको अभाव तथा बिजुलीको समस्याका कारण ८२ हजार हेक्टर सिँचाइयोग्य जमिनमा सिँचाइ नपुगेको सो कार्यालयले जनाएको छ ।

देशका अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमको कर्णाली अञ्चल सबैभन्दा पिछिडिएको कारणले सो अञ्चलका पाँच जिल्ला सिँचाइबाट पूणरूपले वञ्चित भएको पनि सो कार्यालयको भनाइ छ ।

गत वर्ष मात्र कर्णाली अञ्चलमा सिँचाइ कार्यालय खोलिएकाले अब सो अञ्चलमा पनि सिँचाइका कार्यक्रम लागू हुने केही आशा जागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us