मलेसियामा ५० भन्दा धेरै नेपाली पक्राउ

काठमाण्डु टुडे २०७० माघ ७ गते ५:०२ मा प्रकाशित

Malesiaकाठमाण्डु, ७ माघ– मलेसियामा ५० जनाभन्दा धेरै नेपाली कामदार पक्राउ परेका छन् । सोमबार मध्यरातमा अध्यागमन विभागको नेतृत्वमा प्रहरीले बिभिन्न स्थानमा छापा मारेर ५० जना भन्दा धेरै नेपालीलाई पक्रेको हो ।

मलेसिया सरकारले अवैधानिक रुपमा रहेका विदेशी कामदारविरुद्ध धरपकड जारी राखेको छ । गत भदौमा पनि २ हजारभन्दा बढी गैरकानुनी हैसियतका विदेशी कामदार पक्राउ परेका थिए ।

मलेसिया सरकारले गैरकानुनी कामदार पक्राउ गरी स्वदेश फर्काउने र आफ्नै नागरिकलाई रोजगारी दिने उद्देश्यले अभियान नै थालेको छ । धरपकड शुरु गर्नु अघि अवैध कामदारलाई आममाफी दिदै आवश्यक कागजात तयार पारेर वैध हुन मौका दिइएको थियो । सो अवसरको सदुपयोग नगर्नेहरुलाई पक्रने गरिएको छ ।

मलेसियास्थित नेपाली दुतावासले ट्राभल डकुमेन्ट बनाउन सबै नेपाली कामदारलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us