नेपाल क्यानडासँग १२ रनले पराजित

काठमाण्डु टुडे २०७० माघ ७ गते ६:३० मा प्रकाशित

Nepal-Vs-Canadaकाठमाण्डु, ७ माघ – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिको छनौट चरण अन्तर्गत समूहको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

न्युजिल्याण्डमा जारी प्रतियोगितामा एक खेल पनि नजितेको नेपाल क्यानडासँग १२ रनले पराजित भयो ।

यससँगै नेपाल डिभिजन ‘थ्री’मा घटुवा हुने खतरा बढेको छ । अब माघ १२ गते समूह ‘बी’ को चौंथो स्थान प्राप्त गर्ने टिमसँग हुने खेल नजितेमा नेपाल डिभिजन ‘थ्री’मा घटुवा हुनेछ ।

समूह ‘बी’मा युगाण्डा अन्तिम स्थानमा रहने पक्का भएकाले केन्या, पपुवा न्यूगिनी र नेदरल्याण्डमध्ये एक टिमसँग नेपालको भेट हुनेछ । अहिलेसम्मको खेल हेर्दा नेपालका लागि तीनै टिम कडा चुनौति हुनेछन् ।

४१ ओभरको खेलमा २ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा २ सय ४३ रनमात्रै जोड्न सक्यो । ज्ञानेन्द्र मल्लले ८६ रनको योगदान गरेपनि टिमलाई जिताउन सकेनन् ।

गर पुन फेरि एक पटक डक आउट भएको पारीमा प्रदिप ऐरीले २६, वसन्त रेग्मीले अभिजित २५, पारस खड्का, सरद भेषावकर, र विनोद भण्डारीले समान १७, शक्ति गौचन र पृथु बास्कोटाले १५ तथा सोमपाल कामीले ८ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले वर्षाका कारण ४१ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा २ सय ५५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३, वसन्त रेग्मीले २ तथा सागर पुन र शक्ति गौचनले १–१ विकेट लिए । समूह चरणका सबै खेलमा पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us