‘चीन एशियाको नेता होइन,महत्वपूर्ण साझेदार’

काठमाण्डु टुडे २०७० माघ ७ गते २:३९ मा प्रकाशित

काठमाण्डु ७ माघ–चीनले आफूलाई एशिया प्रशान्त क्षेत्रको महत्वपूर्ण साझेदारको रुपमा प्रस्तुत गरेको छ । एशिया प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव बढाउदा रुष्ट हुने गरेको चीनले अमेरिकालाई चीनका बारेमा आफनो धारणा बदल्न पनि सुझाव दिएको छ । china
एशिया प्रशान्त क्षेत्रको नेता बन्ने बिचार चीनको नरहेको अमेरिकाका लागि चिनियाँ राजदुत छवै थेन खाइले बताएका छन् । अमेरिका र चीन वीच दौत्य सम्बन्ध स्थापना भएको ३५ औ बार्षिकोत्सवका अवसरमा राजदूत खाइले अमेरिकी टेलिभिजन वेवसाइट चाली रोज शोमा त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

अमेरिकाले चीनलाई चेतावनी र चुनौतीका रुपमा लिने गरेको स्मरण गराउँदै उनले त्यस्तो धारणा त्याग्न अमेरिकालाई आग्रह गरेका छन् । अमेरिकाले चीनको इतिहास, संस्कृति, विगत, बर्तमान र भबिश्यबारे गहिरो रुपमा जानकारी लिनु पर्नेमा पनि उनले जोड दिएका छन् । चीन र अमेरिका वीचको सम्बन्ध घनिष्ट भएको र दुइ मुलुक वीचको सम्बन्धको आधार अझै दृढ भएको पनि उनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us