रङ्गेहात चोर पक्राउ

काठमाण्डु टुडे २०७० माघ ७ गते २:४२ मा प्रकाशित

लमही, ७ माघ– दाङ देउखुरीको लमही बजारमा मोवाईल पसल चोरी गर्दै गर्दा एकजना ब्यक्ति रङ्गे हात पक्राउ परेका छन् । लमही–कोईलावास सडक खण्डमा रहेको गैरे मोवाईल पसल चोरी गर्दै गरेको अवस्थामा कृष्णनगर घर बताउने गोविन्द भट्टलाई प्रहरीले पक्रेको हो ।

देउखुरी उद्योग वाणिज्य संघले राखेको चौकीदारले मध्यरातमा मोबाइल पसलको सटर खोलेर चोर्न लागेको देखेपछि ति व्यक्तिलाई बाहिरबाट सटर लगाइदिएर पसलभित्रै थुनेका थिए । त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

पसलमा चोरी गर्ने व्यक्तिमाथि अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us