मोटरसाइकल शोरुममा आगलागी

काठमाण्डु टुडे २०७० माघ ७ गते २:३१ मा प्रकाशित

चितवन, ७ माघ– चितवनको भरतपुर ओरालोमा रहेको श्रीसत्य साही मोटरसाईकल शोरुममा मंगलबार विहान आगलागी हुदा साढे चार लाख बराबरको क्षती भएको छ । श्री सत्यशाही मोटरसाईकल शोरुम  Vibgyor मोटरसाईकलको आधिकारीक विक्रेता हो ।

भरतपुर नगरपालीका १० मा रहेको शोरुममा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीबाट शोरुममा रहेकामध्ये तीनवटा मोटरसाईकलमा क्षती पुगेको सञ्चालक रोमन श्रेष्ठले जानकारी दिए ।

विहान पाँच बजे सुरु भएको आगलागीलाई नजिकै रहेको भरतपुर नगरपालीकाको बारुणयन्त्रले समयमै नियन्त्रणमा लिएकाले थप क्षती हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us