हवाई मैदानबाटै चामल चोरी

काठमाण्डु टुडे २०७० माघ ७ गते १:५७ मा प्रकाशित

हुम्ला, ७ माघ–नेपाल खाद्य संस्थानले हुम्लेली जनतालाई वितरण गर्न ल्याएको चामल सदरमुकाम सिमीकोटस्थित हवाई मैदानबाटै चोरी भएको छ । यही माघ ३ गते सुर्खेतबाट सिमीकोट ल्याइएको चामलमध्ये दुई क्विन्टल १० केजी चामल हवाई मैदानबाटै चोरी भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख जीवनाथ कँडेलले जानकारी दिए । हिमपातका कारण हवाई मैदानबाट चामल ढुवानी गर्न नसकेपछि त्यहीँबाट चोरी भएको कँडेलको भनाइ छ ।

आर्थिक वर्ष २०७०÷७१ मा सदमुकाम सिमीकोटका लागि १० हजार क्विन्टल चामल स्वीकृत भएकामा हालसम्म साढे तीन हजार क्विन्टल चामल प्राप्त भइसकेको बताइएको छ । कार्यालय प्रमुख कँडेलले यही माघ महिनाभित्रै जनतालाई चामल वितरण गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us