सिएमसीसँग सम्बन्धित सामग्री प्रसारण नगर्न हिमालय टिभीलाई प्रेस काउन्सिलको निर्देशन

काठमाण्डु टुडे २०७० माघ ६ गते १४:२८ मा प्रकाशित

Lalit agrawal and Himalaya TVकाठमाण्डु, ६ माघ – प्रेस काउन्सिल नेपालले चितवन मेडिकल कलेजसँग सम्बन्धित समाचार र समाचारजन्य सामग्री प्रसारण नगर्न लिखित निर्देशन दिएको छ ।

काउन्सिलले चितवन मेडिकल कलेजले विभिन्न पत्रपत्रिकामा प्रकाशित विज्ञापनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पुस २९ गते पत्राचार गरेर कारबाही प्रक्रिया अघि बढाउँदासमेत हिमालय टेलिभिजनले उक्त समाचार प्रसारण गरेको भन्दै त्यसो नगर्न समेत भनेको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले काउन्सिल ऐन २०४८ को दफा ५ को उपदफा ५, ६ र ७ विपरित टेलिभिजनले उक्त समाचार प्रसारण गरेको भन्दै प्रसारण नगर्न भनेको हो ।

यस्तै कलेजकातर्फबाट पनि पत्रपत्रिकामा विज्ञापन प्रकाशन गरेको भन्दै त्यसलाई रोक्न पनि निर्देशन दिएको छ । समाचार नै रोक्नु पर्ने कारणबारे काठमाण्डु टुडेको प्रश्नमा काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले पुस २९ गते नै कारबाहीका लागि पत्रचार गरेपनि उनीहरुले उक्त कार्य नरोकेकाले काउन्सिलले बाध्य भएर यस्तो निर्णय गरेको बताए ।

उनले टेलिभिजनको समाचार मात्र रोकेको नभइ कलेजले समेत विज्ञापनको नाममा सार्वजनिक सूचना जारी गरेकाले उक्त विज्ञापन प्रकाशन नगर्न समेत आग्रह गरेको जानकारी दिए ।

काउन्सिलले हिमालय टिभिले प्रसारण गरेका उक्त समाचारसँग सम्बन्धित श्रव्य सामग्री तीन दिन भित्र बुझाउन पनि निर्देशन दिएको छ ।

काउन्सिलको वक्तव्य पढ्नुहोस

Council

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us