बाबुको कुटाइबाट छोरीको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ६ गते १२:५८ मा प्रकाशित

लहान, ६ माघ– आफ्नै बाबुको कुटाइबाट सिरहामा एक बालिकाको मृत्यु भएको छ । सिरहाको को असनुपुर गाविस ८ डोहोटियाकी सात वर्षीया रविना यादवको मृत्यु भएको हो ।

रक्सीले मातिएका बाबु विनोदको कुटाईबाट घाइते भएकी रविनाको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । विनोदले शनिबार बेलुका घरैमा खेलिरहेकी छोरीलाई दुवै खुट्टा समाएर भुइँमा बजारेपछि गम्भीर घाइते भएकी थिइन् ।

बाबुको कुटाइबाट बालिकाको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । छोरीको मृत्यु हुने गरी कुट्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिए ।

तीनवटा छोरी रहेका विनोदले रक्सी पिएर श्रीमतीसँगको विवादको क्रममा  छोरीलाई कुटपिट गरेको स्थानीय बासिन्दा बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us