एक वर्षभित्र संविधान नबने राजीनामा : शशांक

काठमाण्डु टुडे २०७० माघ ६ गते १२:५३ मा प्रकाशित

shashanka-koiralaनवलपरासी, ६ माघ– नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले एक वर्षभित्र संविधान जारी गर्न नसके सभासदबाट राजीनामा दिने बताएका छन् ।

नवलपरासीको बुलिङटारमा त्रिभुवन उच्च माविको नयाँ भवनको शिलान्यास गर्दै कोइरालाले विकासभन्दा महत्वपूर्ण संविधान भएकाले अहिले आफ्नो ध्यान त्यतै भएको बताए ।

बोलेका कुरा पूरा नभए आफ्नो कठालो समात्न जनतालाई आग्रह गर्दै उकोइरालाले कालीगण्डकी कोरिडोरको गैंडाकोट–बुलिङटार खण्डमा बाह्रै महिना सवारी गुड्ने बनाउने, कृषि उत्पादनमा जोड दिने र शिक्षामार्फत चरित्र निर्माण गर्ने आफ्नो अभियान रहेको उल्लेख गरे ।

भारतीय दूतावासको सहयोगमा तीन करोड नौ लाखको लागतमा उक्त विद्यालयको २४ कोठे भवन निर्माण हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us