ए डिभिजन लिगमा थ्रीस्टार र मच्छिन्द्र विजयी

काठमाण्डु टुडे २०७० माघ ६ गते ११:२७ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, ६ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लब विजयी भएका छन् ।

पहिलो खेलमा थ्रीस्टारले आरसिटिलाई ३–० ले हरायो । थ्रीस्टारका लागि जगजित श्रेष्ठ, डोडोज र सन्तोष साहुखलले गोल गरे । यो जितसँगै थ्रीस्टारले अंक तालिकाको शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीसँग अकं बराबरी गरेको छ ।

यद्यपि मनाङले एक खेल कम खेलेको छ । हारसँगै आरसिटीको भने रेलिगेसनमा पर्ने संभावना अझ बलियो भएको छ ।

यस्तै सोमबारै भएको दोस्रो खेलमा मच्छिन्द्रले हिमालयन शेर्पालाई ४–१ को अन्तरले हरायो । मच्छिन्द्रका लागि कर्ण लिम्बुले दुई तथा रजिन धिमाल र विशाल राई १/१ गोल गरे । यो जितसँगै मच्छिन्द्र चौथो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा भने छैटौं स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us