एक घण्टाभित्र अस्पतालका सबै सेवा सुचारु गर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७० माघ ६ गते १२:४३ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, ६ माघ – सर्वोच्च अदालतले एक घण्टाभित्र अस्पतालका सबै सेवा सुचारू गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले यस्तो निर्देशनात्मक आदेश दिएको हो ।

सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल मेडिकल काउन्सिल, त्रिवि शिक्षण अस्पताल, त्रिवि कर्मचारी संगठनलगायतका नाममा आदेश दिएको हो ।

अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा अत्यावश्यक सेवामा बन्द, हडताल गर्न नपाउने सूचना राजपत्रमा जारी भैसककेको र अन्तरिम संविधान २०६३ ले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेकाले मौलिक हकबाट कसैलाई बञ्चित गर्न नहुने उल्लेख छ।

आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै अपस्तालका चिकित्सकले सेवा बन्द गरेका हुन् । उनीहरुले आकष्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us