म्यानयूको लिग जित्ने सम्भावना समाप्त

काठमाण्डु टुडे २०७० माघ ६ गते ६:४५ मा प्रकाशित

Manchester-Unitedकाठमाण्डु, ६ माघ – गत वर्षको प्रिमियर लिग विजेता म्यान्चेस्टर युनाईटेडको यस वर्ष लिग जित्ने सम्भावना समाप्त भएको छ । आईतबार रातीको खेलमा चेल्सीसँग ३–१ ले पराजित भएपछि लिग विजेता हुने सम्भावनालाई जिवित राख्ने म्यानयूको अन्तिम प्रयास समाप्त भएको हो ।

म्यानयु ३७ अंकका साथ लिग तालिकाको ७ औं स्थानमा छ भने, शीर्ष स्थानमा रहेको आर्सनलको ५१ अंक छ । सीटी ५० अंकका साथ दोस्रो र ४९ अंकको चेल्सी तेस्रो स्थानमा छ ।

आईतबार रातिको खेलमा चेल्सीलागि क्यामरुनका राष्ट्रिय टोलीका स्ट्राईकर स्यामुअल ईटोले ह्याट्रिक गर्दै डेभिड मोयासको टीमको सपनालाई चकनाचुर पारे ।

ईटोले खेलको १७ औ, ४५ औ र ५९ औ मिनेटमा तीन गोल गरे । ३–० ले पछि परेको म्यानयूलाई खेलको ७८ औ मिनेटमा मेक्सिकन खेलाडी जाभियर हर्नान्डेजले सान्त्वना गोल दिलाए ।

चर्चित स्ट्राईकर जोडी वायन रुनी र रोबिन भानपर्सीबीना मैदान उत्रिएको म्यानयुले मउरिन्होको चेल्सीलाई खेलमा कुनै पनि समय दवावमा राख्न सकेन ।

आईतबार राति नै खेलिएको अर्को खेलमा स्वान्सीलाई ३–१ ले हराउँदै टोटेनह्याम हट्सपर लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एक दिन अघि एस्टन भिलासँग बराबरी खेलेको लिभरपुल ४३ अंककासाथ लिगको चौंथो स्थानमा कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us