
दार्चुला, ६ माघ – दार्चुलाको कुल खेतीयोग्य जमिनको ७५ प्रतिशत भाग सिँचाइ अभावले बाँझै बसेको छ । जिल्लामा कुल खेतीयोग्य जमिन २९ हजार हेक्टर रहेकामा हाल करिब साढे सात हजार हेक्टर अर्थात् २५ प्रतिशत जमिनमा मात्र सिँचाइ पुगेको छ ।
७५ प्रतिशत जमिनमा अझै सिँचाइ पु¥याउन बाँकी रहेको जिल्ला सिँचाइ कार्यालयले जनाएको छ ।
दार्चुलामा हाल खेती गरिएको जमिन २२ हेक्टर रहेको छ । अधिकांश जमिन पाखो रहेका कारण पनि सिँचाइ पुग्न कठिन भएको जनाइएको छ ।
जिल्लाको भौगोलिक बनावटका कारण ती सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउन नसकेको सिँचाइ सवडिभिजन नम्बर ४ कार्यालयका ओभरसिएर मदनप्रसाद शाहले बताए ।
सिँचाइ कार्यालयबाट २५ हेक्टर क्षेत्रफलमाथि जमिन भएका ठाउँमा मात्र सिँचाइ योजना लागू गर्ने गरेको छ । नहर सिँचाइ र पोखरीमार्फत सिँचाइको व्यवस्था भएको हो ।
सिँचाइ कार्यालयले जिल्लाभरि थप २३१ हेक्टर जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले कार्य थालनी गरेको जनाएको छ ।