प्रमाणीकरणसम्बन्धी सार्कस्तरीय कार्यशाला हुँदै

काठमाण्डु टुडे २०७० माघ ६ गते १:२५ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, ६ माघ – नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सोमबारदेखि दक्षिण एसियास्तरीय अन्तर्राष्ट्रिय प्रमाणीकरण (एक्रिडिसन) सम्बन्धी पाँचदिने कार्यशाला हुँदैछ ।

कार्यशालामा सार्कस्तरका गुणस्तरसम्बन्धी विज्ञको सहभागिता रहने महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले बताए ।

जर्मन सरकारको सहयोगमा सञ्चालन हुने कार्यशालामा प्रमाणीकरण सम्बन्धी विविध विषयमा छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us