छाला जुत्ता प्रदर्शनीमा डेढ करोडको कारोबार

काठमाण्डु टुडे २०७० माघ ५ गते ११:०६ मा प्रकाशित

shoeकाठमाण्डु, ५ माघ– राजधानीको राष्ट्रिय सभागृह परिसरमा आयोजना गरिएको छ दिने बृहत् छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा करिब एक करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

करिब ६० हजार दर्शकले प्रदर्शनीको अवलोकन गरेको र त्यसमध्ये ४० प्रतिशतले सामान खरिद गरेको आयोजक संस्था नेपाल छाला जुत्ता उत्पादक संघका उपाध्यक्ष जीवन नेपालीले बताए ।

प्रदर्शनीमा राजनीतिक दलका नेता, बुद्धिजीवी र समाजसेवीको समेत उल्लेख्य सहभागिता रहेको उनले बताए । विशुद्ध छालाजन्य उत्पादनका वस्तुहरू राखिएको सो प्रदर्शनीमा १५ प्रतिशत मूल्य छुटको व्यवस्था गरिएको थियो ।

पुस ३० गतेदेखि सुरु भएको सो प्रदर्शनीमा छाला जुत्ताका साथै ज्याकेट, कम्मरपेटी, ब्यागलगायतका वस्तुहरू बिक्रीका लागि राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us