नेपाल विश्वकपको छनौट चरणबाटै बाहिरियो

काठमाण्डु टुडे २०७० माघ ५ गते ४:११ मा प्रकाशित

can-cricketकाठमाण्डु, ५ माघ – नेपाल सन २०१५ मा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । लगातार तेस्रो हारपछि नेपाल समूहको शीर्ष तीनमा पर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना सकिएको हो ।

आइतबार न्युजिल्याण्डमा भएको आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग १० विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको झिनो लक्ष्य हङकङले ३३ ओभरमा २ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो ।

हङकङलाई सानदार जित दिलाउने क्रममा इरफान अहमदले ५८ र वाकार बर्कातले ५६ रनको योगदान गरे । जितसँगै हङकङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

ब्याटिमा कमजोर देखिएको नेपालका कुनै पनि बलरले सम्झनयोग्य प्रदर्शन गर्न नसकेपछि हङकङलाई नतिजा सुम्पन बाध्य भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३ बल अगावै अलआउट हुँदै १ सय ५० रनमा समेटिएको थियो । नेपालको पारीमा बसन्त रेग्मीले ४५, पारस खड्काले २९ र सोमपाल कामीले २६ रनको योगदान गर्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल गोल्डेन डकआउट (पहिलो बलमै आउट) भएको पारीमा विनोद भण्डारी र शक्ति गौचनले ८, सरद भेषावकरले ४, अभिनास कर्णले ३, सागर पुनले २ र पृथु बास्कोटाले १ रन जोडे ।

बलर हाबी भएको खेलमा हङकङका हसिब अम्जादले ४, इरफान अहमद र अजिज खानले समान २, नदिम अहमद र तनविर अफजलले १–१ विकेट लिए ।

नेपाल र हङकङबीचको खेलको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Final Scorecard
Final

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us